काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको अपचलन गरेको अभियोगमा रविसँग काठमाडौँ जिल्ला अदालतले पनि ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा रिहा गर्न, धरौटी बुझाउन नसके वा नबुझाए थुनामा पठाउन आदेश दिएको हो ।
प्रतिवादीको बयानपछि भएको थुनछेक बहसमा सरकारी वकिल तथा जाहेरी पक्षका वकिलले रविलाई थुनामा पठाउन माग गरेका थिए भने प्रतिवादी रवि पक्षका कानुन व्यवसायीले रविलाई रिहा गर्नुपर्ने जिकिर गरेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको अभियोगमा गत बिहीबार कास्की जिल्ला अदालतको आदेशअनुसार ६५ लाख धरौटी बुझाएर रिहा भएका रवि आइतबारदेखि पुनः काठमाडौँ प्रहरीको न्यायिक हिरासतमा थिए ।