
काठमाडौं । क्यूएफएक्सले अबदेखि आफ्ना हलहरूमा २.५ फिटमुनिका बालबालिका प्रवेश गर्न नपाउने जनाएको छ ।
बुधबार क्यूएफएक्सले जारी सूचनामा उल्लेख छ, ‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमाघर भित्र प्रवेश निषेध गरिएको छ ।’ साथै क्यूएफएक्सले वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा हेर्न तोकिएको टिकटदर लागु हुने जनाएको छ ।
देशकै सबैभन्दा धेरै हल भएको यो मल्टिप्लेक्स चेन भएको क्यूएफएक्सले साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबालिकालाई प्रवेशमा रोक लगाइएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १६:३६
प्रतिक्रिया दिनुहोस्