Odapalika - The Fourth Estate - चौथो अंग
नर्भिक अस्पतालले दियो चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि 

काठमाडौँ । नर्भिक इन्टरनेसनल अस्पतालले अत्यावश्यक औषधि सहयोग गरेको छ ।  आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नर्भिकले चन्द्रागिरि नगरपालिकालाई मधुमेह, उच्च रक्तचाप तथा एन्टिबायोटिकलगायतका अत्यावश्यक औषधि सहयोग गरेको हो ।  

अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले मेयर घनश्याम गिरीलाई उक्त औषधि हस्तान्तरण गरिसकेका छन् ।

टेण्डर प्रक्रियामा जाँदा लामो समय लाग्ने भएपछि नगरपालिकाको आग्रहअनुसार अस्पतालले अत्यावश्यक औषधि दिएको हो । 
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update