Odapalika - The Fourth Estate - चौथो अंग
स्मार्ट सिटी बनाउन ललितपुर महानगरलाई ७ प्रतिशत खुला ठाउँको अभाव

काठमाडौँ । ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यकमध्ये ७ प्रतिशत खुला ठाउँको अभाव देखिएको छ । स्मार्ट सिटी बनाउन १० प्रतिशत खुला ठाउँ आवश्यक पर्ने भए पनि महानगरसँग तीन प्रतिशतमात्र रहेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए । 

ललिपुरमा बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित ‘भूकम्प र विपद्  जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा उनले स्मार्ट सिटी बनाउन कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा ३ प्रतिशत मात्र खुला ठाउँ भएको जानकारी दिए । खुला ठाउँको अभावका कारण अहिले मर्निङ र इभनिङ वाक गर्नसमेत नपाइएको उनको भनाइ छ । 

‘स्मार्ट सिटी बनाउनका निमित्त कम्तिमा पनि १० प्रतिशत ठुला ठाउँको आवश्यकता छ । हामीसँग तीन प्रतिशत मात्र खुला ठाउँ छ । खुला ठाउँ नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन,’ उनले भने । 

तर, ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको जानकारी दिएका उनले यसका लाष् िसङ्घीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए । स्मार्ट सिटी बनाउन पोखरीहरुको पुनर्निर्माण गर्दै वतावरणीय सुधारको कार्यलाई प्राथमिकता राखेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update