Odapalika - The Fourth Estate - चौथो अंग
पहिला १२० रुपैयाँ पर्ने पानीलाई निःशुल्क बाँढ्दै छ हल्दिबारी गाउँपालिका 

झापा ।  खानेपानीको चर्को शुल्क तिर्दै आएका झापाको हल्दिबारी गाउँपालिकाबासी अब १० युनिट अर्थात १० हजार लिटरसम्म पानी निःशुल्क उपभोग गर्न थालेका छन् । 

गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । 

खानेपानीलाई प्राथमिकता दिएर प्रत्येक परिवारलाइ १० हजार लिटरसम्म पानी निःशुल्क दिन थालेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन बताउँछन् । 

यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा १२० रुपैयाँ तिर्दै आएका थिए । अब सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ । 

गाउँपालिकाले विपन्न स्थानीयवासीलाई  धाराको मिटर पनि निःशुल्क वितरण गरेको छ । गाउँपालिकाले ७५६ वटा मिटर खरिद गरेर पालिकाभित्रका विपन्न परिवारलाई निःशुल्क वितरण गरेको गाउँँपालिकाका अध्यक्ष लिङ्देनले जानकारी दिए । 

गाउँपालिकाभित्र ३ वटा खानेपानीका आयोजना छन् । तीमध्ये गोलधाप खानेपानी आयोजना र जलथल खानेपानी आयोजना सञ्चालनमा छ भने हल्दिबारी खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा हल्दिबारी–२ मा पाइपलाइन विस्तारको काम भइरहेको गाउापालिकाले जनाएको छ । 

गोलधाप खानेपानी आयोजनाअन्तर्गत ७५६ उपभोक्ताले निःशुल्क खानेपानी उपभोग गर्दै आएका छन् । जलथल खानेपानी आयोजनाअन्तर्गत १ हजार ६ सय उपभोक्ताले न्युनतम युनिट पानी निःशुल्क प्रयोग गर्न पाएका छन् । 

गाउँपालिकाले जलथल खानेपानी आयोजना संचालन गर्न ४  जना कर्मचारलिाइृ मासिक १५ हजार रुपैयाँ तलव दिएर राखेको छ । 

गोलधाप खानेपानी आयोजनाकाका ३ कर्मचारीका लागि पनि पालिकाले मासिक ४५ हजार रुपैयाँ खर्च गरिरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update