सुनसरी । धरान उपमहानगरपालिकाले सहकारी संस्थासँग लगानीको विवरण माग गरेको छ । बुधबार मेयर हर्कराज राई (हर्क साम्पाङ)ले उपमहानगरभित्र रहेका सबै सहकारी संस्थालाई पत्र पठाएर ७ दिनभित्र लगानीको विवरण मागेका हुन् ।
‘धरानभित्र रहेका सहकारी संस्थाहरुमा बचतकर्ताहरुले भविष्यमा घर–गर्जो टार्ने उद्देश्यसहित जम्मा गरेको रकमबाट ताहाँ सहकारी संस्थाहरुले घर जग्गा तथा व्यवसाय के–के मा कुन प्रयोजनका लागि लगानी गरिएको छ । सोको विवरण ७ (सात) दिन भित्रमा यस कार्यालय उपलब्ध गराइदिन हुन अनुरोध छ,’ हर्कको पत्रमा उल्लेख छ ।
उनले घरजग्गामा लगानी गरेको भेटिएमा कारबाही गर्ने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ‘धरानका ऋण तथा बचत सहकारी संस्थाहरुले के के मा लगानी गरेका रैछन्, ७ दिनभित्र सबै विवरण मगाएको छु । घर जग्गामा लगाएको रैछ भने कारबाही हुनेछ ।’