काठमाडौँ । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । शुक्रवार दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक मधेश प्रदेश ९३–००२ ख ०५३४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको थियो ।
आगोमा परेर चालक दावा छिरिङ लामाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए ।
लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिएको थियो । ट्रकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ १५:३१
प्रतिक्रिया दिनुहोस्