Odapalika - The Fourth Estate - चौथो अंग
आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती 

काठमाडौँ । आज राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

१९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्राएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको विकास सुरु भएको भएको हो । 

काठमाडाैँकाे भाेसीकाे टाेलमा जन्मिएका माेतिराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको थियो। मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए।

काशीमा  अध्ययनका लागि बसेकै बेला मोतीराम भट्टले भानुभक्तले लेखेकाे बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराए। त्यसबेला उनले अन्य थुप्रै नेपाली भाषाका पुस्तकहरू प्रकाशित गराएका थिए। त्यसैताका उनले साथीभाइहरूलाई भेला पारी समस्यापूर्ति कविता लेख्ने जागरण ल्याएका थिए।

बनारसमा नेपाली भाषासाहित्यका थुप्रै कृतिहरूको प्रकाशन गरी भट्ट  १९४४ फागुनमा फेरि काठमाडौ आए। राजगुरु लोकराज पण्डितबाट झिकाइएर उनी काठमाडौँ आएका थिए। त्यसपछि मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौँको ठहिटीमा मोतीकृष्ण कम्पनी खोलेका हुन्। त्यसै बेला उनले पुस्तकालय पनि खोलेका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update