Odapalika - The Fourth Estate - चौथो अंग
मंगलबारदेखि सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता 

सिरहा । सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता आउँदो मंगलबारदेखि सञ्चालन हुने भएको छ । यही माघ यही माघ ८ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा सिरहा नगरपालिकाको आर्थिक सहयोग रहनेछ । 

सलहेश युवा क्लबको आयोजनामा हुने प्रतियोगिता सदरमुकाम सिरहामा रहेको सूूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ । यस प्रतियोगितामा सिरहा नगरपालिकाका २२ वडामध्ये १७ वटा वडाले आफ्नो सहभागिता जनाउने छन् । 

नगर क्षेत्रमा क्रियाशील युवा खेलाडीलाई समेटी उनीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको मेयर डा. नवीनकुमार यादवले बताए । उनले युवाहरूलाई कुलतबाट बचाउन र विदेश पलायन हुनबाट रोक्न यो प्रतियोगिताको विषेश महत्व रहने धारणा व्यक्त गरे । 

प्रतियोगितामा विजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update