
झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा संसदीय दलका नेतासमेत रहेका थापामाथि हातपात गरेको आरोपमा शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल, कनकाई नगरपालिका–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ थापामाथि हातपात भएको थियो । बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ झ १८७० मा सवार एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ ११:४७
प्रतिक्रिया दिनुहोस्