Odapalika - The Fourth Estate - चौथो अंग
टिकटक बनाएर पुरस्कार जित्ने हो? अपिहिमाल गाउँपालिकामा सम्पर्क गर्नू !

दार्चुला । पर्यटन प्रवद्र्धनका लागि दार्चुलाको अपिहिमाल गाउँपालिकाले टिकटक प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

पर्यटन प्रवद्र्धनमा सामाजिक संञ्जालको उपादेयतालाई मध्यनजर गर्दै टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए । प्रतियोगिताले अपिहिमाल भम्रण वर्ष २०८० र विश्व पर्यटन दिवस २०८० लाई सफल बनाउन सहयोग गर्ने अपेक्षा लिइएको उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुन अपिहिमालको पर्यटन क्षेत्र, साँस्कृतिक र भेषभुषा झल्किने गरी अपिहिमाल भम्रण वर्ष २०८० र विश्व पर्यटन दिवस २०८० अभियानलाई लक्षित गरेको न्युनतम १ देखि ३ मिनेटको टिकटक भिडियो बनाउनु पर्ने नियम छ ।

टिकटक भिडियो आफनो टिकटक आइडीबाट अपिहिमाल गाउँपालिकालाई ट्याग गरी १ असोज १ विहान ८ बजे पछि सार्वजनिक गर्नुपर्ने नियम छ । 

टिकटकमा अपि हिमाल भम्रण वर्ष २०८० उल्लेख गर्नुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

टिकटक बनाउँदा अपिहिमालको मौलिकता झल्किने गरी आफ्नै आवाजमा बनाउनु पर्ने र आफनो अवाजमा बनाउँदा ब्याकग्राउण्डमा म्युजिक प्रयोग गर्न भने पाइने सूचनामा उल्लेख छ । 

टिकटक प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई ७ हजार र अन्य ५ जना उत्कृष्ठलाई ३ हजार रुपैयाँका दरले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहराले बताए ।

टिकटक भिडियोमा आगामी असोज ७ गते दिउँसो १२ बजेसम्म प्राप्त भ्यूज, लाइक र शेयरबाफत ४० प्रतिशत अंक दिइने छ । यस्तै विषयबस्तुको गहनता, प्रस्तुतीकरण आदिका आधारमा ६० प्रतिशत अंक दिइने गाउँपालिकाले जनाएको छ । यसका लागि मूल्यांकन समितिले काम गर्नेछ ।

यस्ताे छ सूचना 

tictok1694658086.jpg


 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update