Odapalika - The Fourth Estate - चौथो अंग
श्री एयरलाइन्सप्रति गायिका समीक्षा अधिकारीको आक्रोश– यो एयरलाइन्स काम छैन

काठमाडौँ । गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सले समयमै उडान नभरेपछि आक्रोश व्यक्त गरेकी छन् । आइतबार बिहानदेखि आफू विमानस्थलमा रहेको र मौसम खुलेर अन्य एयरलाइन्सले उडान भर्दा पनि श्री एयरलाइन्सले उडान नभरेको भन्दै उनले आक्रोश व्यक्त गरेकी हुन् । 

यसअघि पनि श्री एयरलाइन्सकै कारण नेपालगञ्ज भएको सांस्कृति कार्यक्रम छुटाउनुपरेको उनले बताएकी छन् । यसरी श्री एयरलाइन्सबाट धोका पाउने आफू पहिलो व्यक्ति नभएको हुन सक्ने भन्दै सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु। श्री एयरलाइन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन। यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलाइन्स काम छैन’, उनले लेखेकी छन्।

उनले फेसबुकमा लेखेकी छन् :

मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्।  

केहि दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु। श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलायन्ससंग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update