Odapalika - The Fourth Estate - चौथो अंग
राज्यले बोकाइदियो हरेक नेपालीको थाप्लोमा ८७ हजार ऋण 

काठमाडौँ । राज्यले लिएको ऋणको हरेक नेपालीको दायित्वमा ८७ हजार रुपैयाँको भार परेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार पुससम्म सरकारले तिर्न बाँकी रहेको ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । 

‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा पुस मसान्तसम्ममा १ खर्ब २ अर्ब ३ करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ,’ सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । 

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसअनुसार सरकारले तिर्न बाँकी रहेको २५ खर्ब ३६ अर्ब १३ करोड ऋणको भार हरेक नेपालीलाई ८७ हजार ९५९ रुपैयाँ पर्न आउँछ । 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update