Odapalika - The Fourth Estate - चौथो अंग
रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । भारतको एक अदालतले योगगुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेपछि पालक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको टेलिग्राफ इन्डियाले जनाएको छ ।

एक चिकित्सकले तीन वर्षअघि दिएको उजुरीको विषयमा अहिले पक्राउ पुर्जी जारी भएको हो । 
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update