
मोरङ । मोरङमा एक पुरुषले प्रेमिकाले धोका दिएको भन्दै आफ्नै शरीरमा आगो लगाएका छन् । उर्लाबारी नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले प्रेमिकाले धोका दिएको भन्दै आफ्नै शरीरमा आगो लगाएका हुन् ।
प्रहरीका अनुसार विनोदले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनको विराट टिचिङ अस्पतालमा उपचार हुँदै छ ।
२८ वर्षीया एक युवतीले आफूलाई धोका दिएको उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएका थिए । प्रहरीका अनुसार दुवै विवाहित हुन् । उक्त घटनाको अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्