Odapalika - The Fourth Estate - चौथो अंग
वरिष्ठ अधिवक्त त्रिपाठीमाथिको हातपात प्रकरणमा एक महिला पक्राउ 

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण प्रकरणमा एक महिला पक्राउ परेकी छन् । 

यही माद्द २ गते बुधबार रास्वपा सभापति रवि लामिछाने प्रतिवादी रहेको मुद्दामा सहकारीपीडितको पक्षमा बहस गरेर बाहिरिँदै गर्दा त्रिपाठीमाथि आक्रमण भएको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राईलाई आइतबार पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । 

उक्त घटनामा राई पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि प्रहरीले हुम्लाको अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महेन्द्र पाण्डे भनिने महानन्द जैसी र दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update