काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अराजक गतिविधिका कारणले अर्थतन्त्रमा ‘स्लो डाउन’ भएको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव कार्यक्रममा उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारणले अर्थतन्त्रमा केही ‘स्लो डाउन’को असर देखिएको बताएका हुन् ।
अराजतकले बैंकिङ प्रणालीमा दीर्घकालसम्म अर्थतन्त्रमा असर पार्ने भन्दै उनले यस्ता गतिविधि धेरै दिन नरहने बताए । अर्थतन्त्रमा केही स्लो डाउनको असर देखिए पनि अर्थतन्त्रका सूचक समग्रमा राम्रो रहेको गभर्नर अधिकारीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्