Odapalika - The Fourth Estate - चौथो अंग
छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश  

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सहकारीको रकम ठगी अभियोग लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

सोमबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी अभियोगमा न्यायिक हिरासतमा रहेका उनलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । धरौटी नबुझाए वा बुझाउन नसके थुना पठाउन पनि आदेश भएको छ । 

आदेशसँगै उनी धरौटी बुझाउने तयारीमा जुटेका छन् । 

यसअघि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कास्की जिल्ला अदालतको आदेशअनुसार उनी ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update