काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) खानेपानीको व्यवस्था गर्न माग गर्दै रित्तो गार्गी बोकेर काठमाडौँ आइपुगेका छन् ।
धरानवासीलाई खानेपानीको व्यवस्था गर्न संघीय सरकारलाई दबाब दिने उद्देश्यले उनी रित्तो गार्गी बोकेर सोमबार काठमाडौँ आएका हुन् ।
यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका उनी रित्तो गार्गी बोकेरै प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने बताएका छन् ।
संघीय सरकारले धरानको खानेपानी समस्या समाधानमा गम्भीर नबनेको उनको आरोप छ । चुनावका बेला धरानमा खानेपानीको व्यवस्था गर्ने उनको पहिलो शर्त थियो । यसका लागि विभिन्न प्रयासहरु गर्दै पनि आएका छन् ।