काठमाडौँ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ ।
सोमबार मन्त्रिपरिषद् बैठकले यही माघ १८ गते संसद्को अधिवेशन आह्वान गर्ने र अनुमोदनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिस राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
गत भदौ ३१ गते संसद्को अधिवेशन अन्त्य गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १७:१०
प्रतिक्रिया दिनुहोस्