Odapalika - The Fourth Estate - चौथो अंग
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ? 

काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ । 

४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रेसुङ्गा माविले १२ स्वर्ण, १० रजत तथा ४ कास्य पदकसहित राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।

 जितसँगै रेसुङ्गा माविले नगद १८ हजारसँगै राष्ट्रपति रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित सिद्धबाबा माध्यमिक दोस्रो तथा आठ स्वर्ण, सात रजत र १३ कास्य पदकसहित महेन्द्र माध्यमिक विद्यालय तृतीय भएको छ । 

द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु १३ र नौ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए ।

प्रतियोगितामा सबैभन्दा धेरै महेन्द्र माविले २८ पदक जितेको भएपनि स्वर्ण पदक महत्वपूर्ण भएकाले रेसुङ्गा मावि प्रथम भएको हो । प्रतियोगितामा लिटिल स्टारले तीन स्वर्ण, दुई रजत र एक कास्य, ब्रिलियन्ट युनाइडेट एकेडमीले तीन स्वर्ण, दुई रजत र छ कास्य, जनसहयोग माविले दुई स्वर्ण, एक रजत र दुई कास्य पदक प्राप्त गरेका छन् । त्यसैगरी भाडगाउँ माविले एक स्वर्ण, पाँच रजत र तीन कास्य, ब्राइटर इङ्लिस बोर्डिङ स्कूलले एक स्वर्ण, दुई रजत र दुई कास्य, रिडर्स पब्लिक हाइ स्कूलले एक स्वर्ण तथा दुई कास्य, गण्डकी इङ्गिस बोर्डिङ स्कूलले एक रजत र एक कास्य, त्रिभुवन माविले तीन रजत र तीन कास्य तथा भगवती माविले तीन रजत प्राप्त गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पन्थीले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update