Odapalika - The Fourth Estate - चौथो अंग
६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी 

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा १० करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगरपालिकाले विभिन्न शीर्षकमा १० करोड ७४ लाख ३७ हजार ९९३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो 

चालु आवको ६ महिनामा सम्पत्ति करबाट ४ करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट २ करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट २ करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट २ करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट १ करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट १ करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट १ करोड ८३ लाख ११ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले जानकारी दिए ।

बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको ६ महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update