काठमाडौं । संघीय सरकारको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार प्रवेश द्वारमा प्रहरी परिचालन गरिएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न सक्ने आकलन गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाउन प्रहरी परिचालन गरेको हो ।
सरकारले मंगलबार बिहान सिंहदरबार प्रवेश गर्ने गेटमा बाक्लो संख्यामा प्रहरीहरू परिचालन गरेको छ ।
सिंहदरबार प्रवेश गर्ने पूर्वी, दक्षिण र पश्चिम गेटमा सुरक्षामा कडाइ गरिएको प्रहरीले जनाएको छ। मेयर साम्पाङ र्याली सहित सिंहदरबार प्रवेश गर्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी स्रोतको भनाइ छ ।
धरान उपमहानगरपालिकाका मेयर साम्पाङ सोमबार पानी माग्न रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवसँग भेट्ने बताएका छन्।