Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपतिद्वारा संघीय संसद्को हिउँदे अधिवेशन आह्वान 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन माघ १८ गतेका लागि आह्वान गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

उनका अनुसार यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरिएको हो । 

‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१÷१०÷७ को सिफारिसमा संवत् २०८१ साल माघ १८ गते शुक्रबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ प्रवक्ता भट्टराईले जारीको गरेको विज्ञप्तिमा उल्लेख छ । 

10-8_अधिवेशना-आव्हान_Scan_20250121-1489x2048-1737437879.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update