कास्की । उच्च अदालत पोखराले रास्वपा सभापति रवि लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी अभियोगका ७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेशप्रति कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले रविसहित ७ प्रतिवादीलाई धरौटीमा छाड्नुको आधार र कारणसहित आदेशको ‘कैफियत प्रतिवेदन’ पेस गर्न आदेश दिएको हो ।
जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख, पूर्वडीआइजी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ, लीला पछाईंलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सोही आदेशअनुसार उनीहरु धरौटी बुझाएर छुटेका छन् ।
सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतको आदेश बदरको माग राखेर रिट दिएको थियो ।