
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको मान्यता पाएको छ ।
मंगलबार निर्वाचन आयोगले उक्त दललाई दल दर्ताको प्रमाणपत्र दिएको हो । महतोले आफू अध्यक्ष रहने गरी दल दर्ताका लागि निवेदन दिएका थिए ।
दल दर्ताको मान्यतासँगै आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।
यसअघि महतोले राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै अभियान चलाएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १६:२८
प्रतिक्रिया दिनुहोस्