Odapalika - The Fourth Estate - चौथो अंग
औँसी मनाउन बिदा दिएको गोकर्णेश्वर नगरपालिकाको गोकर्णमा यस्तो छ चहलपहल 

काठमाडौँ । आज कुशे औँसी आर्थात बुबाको मुख हेर्ने दिन । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्ने गर्दछन् । 

चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । 

भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । 

औशीको अवसर पारेर गोकर्णेश्वर नगरपालिकाको गोकर्णमा पितृहरुको सम्झनामा श्राद्ध गर्नेहरुको बाक्लो उपस्थिति छ । नगरपालिकाले आज पालिकाभर स्थानीय बिदा दिएको छ । त्यसो त संविधानसभा अध्यष सुवा नेम्वाङको निधनमा सरकारले समेत आज देशभर शोक बिदा दिएको छ । 

तर गोकर्णेश्वरमा भने धार्मिक माहोल तातेको छ । हेर्नुहोस तस्वीरहरु 

5 (1)1694664273.jpg

41694664271.jpg

31694664270.jpg

21694664269.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update