Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली र सूदुरपश्चिममा पानी पर्दा अन्य प्रदेशको यस्तो छ अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने बताएको छ । 

देशका अन्य भागमा भने मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उसले तराईका धेरै भू–भागमा हुस्सु लागेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update