Odapalika - The Fourth Estate - चौथो अंग
तयार भयो मन्थली नगर अस्पतालको भवन, नगरपालिकालाई हस्तान्तरण

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा बनेको रामेछापको मन्थली नगर अस्पताल मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

यो अस्पताल १५ शैय्याको अस्पताल हो । भारत सरकारको १० करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा अस्पताल भवन निर्माण गरिएको हो । भवन २ तले छ ।

सो नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

सालिकेले मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा भवन हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा नगर प्रमुख श्रेष्ठले अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न पालिकालाई सहज भएको बताए । नयाँ भवन भएपछि अस्पतालको सेवा विस्तार गर्ने सोचमा नगरपालिका रहेको भन्दै उनले योजनाअनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update