Odapalika - The Fourth Estate - चौथो अंग
तीन तहको सरकार मिलेर विकास निर्माणका काम अघि बढाउँछौंः उपप्रधानमन्त्री सिंह

धादिङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले साँस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ,’ उनले भने ।

भाषा, सँस्कृति विर्सिए पहिचान मेटिने भन्दै उनले आफ्नो संस्कृति, भेषभूषा,  कला सँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,सँस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि उनको भनाइ छ ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए ।

‘आवश्यकताअनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौं । सबै काम एकैपटक हुँदैन ।  नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौं, शहरी विकासमन्त्री समेत रहेका उपप्रधानमन्त्री सिंहले भने ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update