Odapalika - The Fourth Estate - चौथो अंग
२३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को–को परे ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गरिदिएको छ ।

मन्त्रालयले माघ ९ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गर्ने निर्णय गरेको हो । यसरी जिम्मेवारी रद्द हुनेमा १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार धनुषाको धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजित प्रसाद दासको जिम्मेवारी रद्द गरिएको छ । उनी गत जेठ १८ गतेदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा सो नगरपालिकामा थिए ।

यस्तै, यस्तै सप्तरीको कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, सिरहाको सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, महोत्तरीको भँगाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादव र बाराको महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय प्रसाद कुशवाहाको जिम्मेवारी पनि रद्द गरिएको छ ।

यस्तै, पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, जाजरकोटको छेडागाडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकाया, अछामको मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुरा सोडारी र दार्चुलाको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह वडालको निमित्त जिम्मेवारी खोसिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ वटा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि रद्द गरिदिएको छ । यसरी पद रद्द भएका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिकाका पिएस्पी चाम्लिङ राई, धनुषाको मुखियापट्टी मसहरनिया गाउँपालिकाका रामपुकार दास, धनुषाको औरही गाउँपालिकाका अशोक कुमार यादव, सर्लाहीको धनकौल गाउँपालिकाका कुष्ण मोहन प्रसाद साह र सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाका उपेन्द्र राउत छन् ।

मन्त्रालयले बाराको सुवर्ण गाउँपालिकाका सुजित कुमार यादव, मुगुको सोरु गाउँपालिकाका तिर्थराज शाही, मुगुको खत्याड गाउँपालिकाका बासुदेव कार्की, हुम्लाको ताँजाकोट गाउँपालिकाका राजेन्द्र स्याङ्कु, हुम्लाको अदानचुली गाउँपालिकाका हंस महतरा, हुम्लाको सिमकोट गाउँपालिकाका उजिर रोकाया, अछामको चौरपाटी गाउँपालिकाका धनवहादुर थापा र बझाङको दुर्गाथली गाउँपालिकाका झलक बहादुर दौल्यालको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि रद्द गरिदिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update