Odapalika - The Fourth Estate - चौथो अंग
सामान्य प्रशासन मन्त्रालयले किन बोलायो ४ जिल्लाका स्थानीय तहलाई बर्दिबासको गौतम होटलमा ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशका ४ जिल्लाका स्थानीय तहहरुलाई बर्दिबासको गौतम होटलमा बोलाएको छ ।

मन्त्री राजकुमार गुप्ता र सचिव रविलाल पन्थसमेत सहभागी हुने कार्यक्रममा अन्तरक्रियाको लागि बोलाइएको हो । मन्त्रालयले मधेश प्रदेशका सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तहसँग अनुभव तथा सिकाइ आदान प्रदान गर्नका लागि बोलाएको हो ।

कार्यक्रम माघ १३ गतेदेखि १५ गतेसम्म आयोजना हुनेछ । कार्यक्रममा लाग्ने सबै खर्चको व्यवस्थापन मन्त्रालयले गर्ने भनिएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा स्थानीय तहहरुले सम्पन्न गरेका कार्यहरुको समीक्षा गर्दै स्थानीय तहका असल अभ्यास सम्बन्धी अनुभव एवम सिकाईको आदान प्रदान गर्न लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update