काठमाडौँ । हेटौडा उपमहानगरपालिकाको वडा नं. ३ बाल श्रम तथा बाल विवाह मुक्त वडा घोषणा हुन लागेको छ । माघ १३ गते एक कार्यक्रमको आयोजना गरी मेयर मिना कुमारी लामाले सो घोषणा गर्न लागेकी हुन् ।
यस्तै, सो वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा पनि घोषणा गर्न लागिएको छ ।
सो घोषणा कार्यक्रम वडा नं. ३ को महेन्द्र किरण माध्यामिक विद्यालयमा हुनेछ । सो वडाको वडाध्यक्ष ढलकबहादुर थापा छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १२:१७
प्रतिक्रिया दिनुहोस्