Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरलाई स्वीस टुरिजम अवार्ड 

काठमाडौँ । काठमाडौँ महानगरपालिका ‘स्वीस टुटिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ । 

आगामी नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट भएको आयोजक संस्थाले जानकारी दिएको छ । 

‘पर्यटन क्षेत्रका बैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्ठतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ,’ आयोजक संस्थाले महानगरलाई पत्राचार गर्दै भनेको छ । 

काठमाडौँको सांस्कृतिक, धार्मिक र पुरातात्विक इतिहास, मूर्त अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको र यसले विश्वभरका आगन्तुकहरुलाई मोहित बनाएको पनि पत्रमा उल्लेख छ ।

यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तहले आवेदन दिन सक्छन् । आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ । 

प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्धन गर्नु, पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ ।

पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यहरुको सञ्चार र बजारीकरण गरेर शौखिन पर्यटक समक्ष सूचना पु¥याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो । अवार्ड कार्यक्रममा स्वीजरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मुल्य र पेशाका विषयमा चर्चा गरिन्छ । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update