Odapalika - The Fourth Estate - चौथो अंग
घरदैलो मै पुगेर सामाजिक सुरक्षा भत्ता बाँढ्छ रामप्रसादराई गाउँपालिका 

काठमाडौँ । भोजपुरको  रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिएको हो ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार भौगोलिक विकटताका कारण ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिका केन्द्रसम्म आउन जान समस्या रहेकाले शिविर चलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । स्थानीय सरकारले नागरिकलाई सहज सेवा प्रवाह गर्न आगामी वर्षमा पनि यो अभियानलाई निरन्तरता दिने छ ।

लाभग्राहीले इच्छाएको व्यक्तिलाई दिँदा बाटोमा नै खर्च गरी दिएर भत्ता नपाउने अवस्था आएपछि वडा तथा घरदैलोमा पुगेर सेवा दिएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता शिविरिमार्फत वडा नं १ ओख्रेका १६८, वडा नं २ धोद्लेखानीका १२४, वडा नं ३ भुल्केका १६० र वडा नं ८ खोक्सिकका १३७ जनालाई सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले बताए ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update