काठमाडौँ । भरतपुर महानगरपालिकाले महानगरको पहाडी क्षेत्रमा पर्ने विद्यालयका शिक्षकहई को पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिन थालेको छ ।
महानगरको २९ नम्बर वडा पहाडी क्षेत्रमा पर्छ । सो वडाका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुलाई मासिक २ हजार रुपैयाँका दरले आवास भत्ता उपलव्ध गराइएको नगरपालिकाले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा ९ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध गराइने महानगकरो भनाइ छ । गत वर्ष ३३ शिक्षकले उक्त सुविधा पाएका थिए ।
भरतपुर–२९ मा ११ विद्यालयमध्ये राजमार्गसँगै रहेको कविलास मावि बाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । वडामा दुई वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् ।
महानगरप्रमुख रेनु दाहालले ग्रामीण क्षेत्रमा कोठा भाडामा लिएर पढाउँदै आएका शिक्षकलाई प्रोत्साहनस्वरुप भत्ता दिएको बताइन् ।