काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल निजामती अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ ।
निजामती कर्मचारी अस्पताल विकास समिति गठन आदेश अनुसार तोकिएको योग्यता पुगेका व्यीक्तले निर्देशक पदमा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
१५ दिन भित्रमा जागिर खान निवेदन दिन सकिने मनत्रालयको भनाइ छ । तर निवेदनसँगै ५ हजार रुपेयाँ दस्तुर भने वुझाउनु पर्नेछ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापनमा स्नातकोत्तर गरेको, ४५ वर्ष पूरा भइ ६५ वर्ष उमेर नकटेकाले आवेदन दिन सकिने भनिएको छ । निवेदनसँगै व्यावसायिक कार्ययोजना पनि पेश गर्न भनिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ १२:५०
प्रतिक्रिया दिनुहोस्