Odapalika - The Fourth Estate - चौथो अंग
सार्वजनिक बिदाः अरु १ दिन दिन्छन्, स्थानीय तहले तोक्छ ३ दिन 

काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसार मनाउन पालिकाभर ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।
 
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् । 
 
मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताए ।

यो पालिकाले क्रिसमस मनाउन पनि यसअघि पनि ३ दिन बिदा दिएको थियो । त्यसबेला पालिकाभित्र क्रिश्चियन धर्मावलम्बीहरुको बाहुल्य रहेको भन्दै पालिका प्रमुख राजकुमार मल्लकै हस्ताक्षरमा सार्वजनिक बिदा दिइएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update