काठमाडौँ । इलामको देउमाइ नगरपालिकाले आजवाट वडा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता नगरपालिकाको १० वटै वडावाट वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार आज वडा नम्बर ९ र १० का वडा काार्यलयमा सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको छ । पालिकाले सानिमा विसका बैँकमार्फत भत्ता वितरण गर्दै आए पनि यो अवधिमा बैँकको चेकबुक बोकेर आउनेलाई वडा कार्यालयवाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
आजबाट सुरु भएको भत्ता वितरण कार्य २२ माघसम्म चल्ने बताइएको छ । पालिकाले लाभग्राहीलाई सजिलो होस भनेर वडा कार्यालय मार्फत नै भत्ता वितरणको व्यवस्था मिलाइदै आएको जनाएको छ ।