Odapalika - The Fourth Estate - चौथो अंग
लिम्बू परम्पराअनुसार पशुपतिमा नेम्वाङको अन्तिम संस्कार 

काठमाडौँ । संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको छ । 

हृदयघातबाट निधन भएका नेम्वाङको पार्थिब शरिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका छन् । स्वर्गीय नेम्वाङको अन्त्येष्टिका लागि आर्यघाट पुगेका उनले राष्ट्रिय झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

नेम्वाङलाई एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका सबै दलका शीर्ष नेताले आर्यघाट पुगेर अनितम बिदाइ गरेका छन् । उनको लिम्बु परम्पराअनुसार आर्यघाटमा अनितम संस्कार गरिएको हो । 

नेम्वाङले नेपाली राजनीतिमा गरेकोे योगदानको उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । बिहीबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा पु¥याइएको थियो ।

स्वर्गीय नेम्वाङको अन्त्येष्टिमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति थियो । 

स्वर्गीय नेम्वाङको शव बालुवाटारबाट त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल, चोक–धुम्वाराही–चावहिल–गौशाला हुँदै पशुपति आर्यघाट लगिएको थियाे ।

nembang-aryaghat (3)1694680239.jpg

nembang-aryaghat (7)1694680275.jpg

nembang-aryaghat (8)1694680274.jpg

nembang-aryaghat (5)1694680273.jpg

nembang-aryaghat (6)1694680271.jpg

nembang-aryaghat (1)1694680262.png

nembang-aryaghat (2)1694680263.jpg

nembang-aryaghat (3)1694680267.jpg

nembang-aryaghat (4)1694680270.jpg

nembang-aryaghat (1)1694680260.jpg

nembang-aryaghat (3)1694680239.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update