Odapalika - The Fourth Estate - चौथो अंग
गोलबजार नगरपालिकामा अनलाईन भुक्तानी सेवा, अब चेक काटिरहन नपर्ने 

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) दिन थालेको छ । 

चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले अनलाइन प्रविधिको प्रयोगले सेवाग्राहीलाई राहत पुगेको र नगरपालिकाको सेवा प्रवाहमा नयाँ आयाम थपिएको बताए ।

अब नगरपालिकाले उपभोक्ताको खातामा प्रत्यक्ष रकम ‘ट्रान्सफर’ कसरी गर्ने भन्ने प्रक्रिया पनि सो अवसरमा सिकाइएको छ । 

नगरपालिकाले अनलाइन भुक्तानी सेवाको प्रभावकारिता बढाउन सूचना प्रविधि विभागलाई सशक्त बनाउँदै उपभोक्तालाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update