Odapalika - The Fourth Estate - चौथो अंग
उपत्यकाका विभिन्न स्थानमा आजदेखि सोमबारसम्म विद्युत बन्द, यस्तो छ तालिका 

काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा आजदेखि लगातार ३ दिनसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार आज बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म काठमाडौंँको कुलेश्वर बितरण केनद्रमाफृत आपूर्ति हुने विद्युत बन्द हुने भउको छ । 

त्यसैगरी आज र भोलि पाटन सबस्टेशनमार्फत प्रवाह भइरहेको विद्युत आपूर्ति बन्द हुने छ । शनिबार दिनभर भने भैँसेपाटी सवस्टेशनमातहतमा प्रशारण भइरहेको विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ । 

स्यूचाटार–टेकु, स्यूचाटार–पाटन तथा स्यूचाटार केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गरिने भएकाले शुक्रबार बिहानदेखि सोमबार बिहानसम्मै विभिन्न स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

यस्तो छ सेड्युल 

nea-notice1694742372.png

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update