काठमाडौँ । सप्तरीको राजगढ गाउँपालिकाले पालिकाभित्रका ९२ वटा सार्वजनिक पोखरीको संरक्षण अभियान थालेको छ ।
गाउँपालिकाले पालिकाभर वेवारिसे अवस्थामा रहेका पोखरीको संरक्षण गरी ती पोखरीमा मत्स्यपालन लगायतका ठेक्का लगाउने प्रकृया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झाले वडापालिकालाई जानकारी दिए ।
उनका अनुसार २००४ सालमा भएको नापी र २०२८ सालमा भएको नापी अनुसार नम्बरी जग्गा भएको, हकभोग प्रमाणपत्र भए या मालपोत तिरेको रसिद भएका पोखरी बाहेकका सबै पोखरी सार्वजनिक पोखरी भएको भन्दै ९२ वटा पोखरीको लिष्ट समेत सार्वजनिक गरेको छ । वडा कार्यालयहरुले गरेको फिल्ड अध्ययन र सिफारिसका आधारमा ९२ वटा पोखरीको पहिचान गरी गाउँपालिकालेती पोखरीलाई ठेक्का लगाउने प्रकृया सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत झाको भनाइ छ ।
उनका अनुसार औषतमा एउटा पोखरीबाट वार्षिक ५० हजार रुपैयाँ आम्दानी हुने अनुमानसहित पालिका यतिबेला पोखरीको ठेक्का लगाउने प्रक्रियामा जुटेको हो । ३ वर्षका लागि ठेक्कामा दिने तयारी भइरहेको र कसैको पोखरीमा हकदाबी भए १५ दिनभित्र पालिकामा सम्पर्क राख्न सूचनासमेत जारी गरेको उनको भनाइ छ ।
झाकै पहलमा गाउँपालिकाले मालपोत र राजश्वको भुक्तानीलाई पनि अनलाईन प्रणालीमा लगिसकेको छ ।
यी हुन पालिकाले पहिचान गरेका ९२ पोखरी