
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोशिमा कार्कीले आफ्नो निर्वाचन क्षेत्रका सबै वडाका नागरिकसँग अन्तरक्रिया गर्ने भएकी छिन् ।
उनले माघ १९ गते शनिवारदेखि आफ्नो निर्वाचन क्षेत्रका सबै वडाका नागरिकसँग अन्तरक्रिया गर्ने भएकी हुन् । डा. कार्की प्रतिनिधिसभामा ललितपुरको निर्वाचन क्षेत्र नं. ३ वाट निर्वाचित भएकी थिइन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वडा नं. १८ बाट अन्तरक्रिया गर्ने कार्यक्रम सार्वजनिक गरेकी छिन् । पहिलो पटक उनले आफ्नो सचिवालय रहेको मेडिसिटी अस्पताल पछाडि रहेको आदित्यनाथ खोला मार्गबाट अन्तरक्रिया सुरु गर्ने छिन् ।
‘मेरा भगवान रूपी मतदाताहरूले दिनुभएको जिम्मेवारीको दुई वर्षे समीक्षासहित यहाँहरूको सल्लाह सुझाव र आगामी वर्षका थप कार्य योजनाको लागि मेरो निर्वाचन क्षेत्र ललितपुर नम्बर ३ का प्रत्येक वडाहरूमा आम नागरिकहरूसँग अन्तरक्रिया गर्दैछु। आउनुहोला,’ डा. कार्कीले भनेकी छिन् ।
उनको पहिलो अन्तरक्रिया आगामी शनिवार (माघ १९ गते) विहान ९ बजे ललितपुर महानगरपालिकाको वडा नं. १८ बाट सुरु हुनेछ ।