Odapalika - The Fourth Estate - चौथो अंग
सांसद पदबाट निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले दिए सभामुखलाई निवेदन

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरणको अभियोगमा न्यायिक निरुपण प्रक्रियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको दाबी गर्दै उनले निवेदन दिएका हुन् ।

केहिबेरअघि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए । उनले सभामुख घिमिरेलाई भेटेर निवेदन दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update