Odapalika - The Fourth Estate - चौथो अंग
आजै निलम्बन फुकुवा गरिदिन रविको निवेदन, सभामुखले भने–आजलाई समय भएन

काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरणको अभियोगमा न्यायिक निरुपण प्रक्रियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई निवेदन दिदै आजै निलम्बन फुकुवा गरिदिन माग गरे ।

‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुनसम्मत छैन, आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुपर्‍यो,’ लामिछानेले सभामुखसँग भने।

तर, सभामुख घिमिरेले भने लामिछानेको निलम्बनबारे छलफल गर्न सकिएपनि आजै फुकुवा गर्न नसकिने बताए ।

‘आजलाई समय भएन। हामी संसद सुरू हुने अन्तिम समयमा छौं,’ सभामुख घिमिरेले भने। 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update