काठमाडौँ । चालु आर्थिक वर्षको हिउदे अधिवेशन सुरु भएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले विरोध गरेका छन् ।
आफ्नो पार्टी सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा सांसद पदबाट निलम्बन गरिएकोले सो निलम्बन फुकुवा गर्न माग गर्दै विरोध गरेका हुन् । रास्वपा सांसदहरु अहिले उभिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
रास्वपा सांसदहरुले सुरुमा आफूहरुले बोल्न पाउनुपर्ने माग गरेका छन् । तर, सभामुख भने दलीय आधारमा बोल्न दिने बताइरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १३:१८
प्रतिक्रिया दिनुहोस्