काठमाडौँ । प्रतिनिधिसभाको वैठक सुरु भएकै दिन सभामुख देवराज घिमिरेले सभा संचालन गर्न पाएका छैनन् । रास्वपाका सांसदहरुले बैठक सुरु भएसँगै सांसदहरुले अवरोध गरेपछि सभामुखले बैठकमा बस्न आदेश दिएका छन् ।
सांसदहरुलाई उठेर अवरोध नगर्न र बस्न आदेश दिएपनि सांसदहरु भने उठिरहेका छन् ।
फ्नो पार्टी सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा सांसद पदबाट निलम्बन गरिएकोले सो निलम्बन फुकुवा गर्न माग गर्दै विरोध गरेका हुन् । रास्वपा सांसदहरु अहिले उभिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
रास्वपा सांसदहरुले सुरुमा आफूहरुले बोल्न पाउनुपर्ने माग गरेका छन् । तर, सभामुख भने दलीय आधारमा बोल्न दिने बताइरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १३:२५
प्रतिक्रिया दिनुहोस्