Odapalika - The Fourth Estate - चौथो अंग
राजसंस्था व्युँताउन राप्रपा नेपालको काठमाडौँ महानगरमा शक्ति प्रदर्शन 

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ । शुक्रबार कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ ।

संवैधानिक राजतन्त्रको पुनस्थापना, हिन्दु राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update