Odapalika - The Fourth Estate - चौथो अंग
अन्ततः  प्रतिनिधिसभा बैठकमा फर्किए रास्वपाका सांसद 

काठमाडौँ । सभामुखले पेरेर बैठक संचालन गरेको भन्दै बहष्कार गरेका रास्वपाका सांसदहरु अन्तत बैठकस्थल फर्किएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला उनीहरु बीचैमा बैठकस्थल प्रवेश गरेका छन् । 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको अवरोधबीच सभामुख देवराज घिमिरेले वैठक संचालन गरेका थिए ।

बैठक सुरु भएलगत्तै रास्वपा सांसदहरुले उठेर अवरोध गरेपछि सभामुखले सरुमा बस्न र अनुराधे गरे, त्यसपछि निर्देशन दिए । 

तर सांसदहरु बस्न नमानेपछि उनले प्रतिनिधिसभा नियमावली अनुसार वैठक अघि वढाए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update